• २०८३ जेष्ठ ५ गते मङ्गलवार

राष्ट्रियसभा निर्वाचनमा सुदूरपश्चिमबाट गरिमा शाह विजयी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ १२ कैलाली । राष्ट्रियसभा सदस्यमा सुदूरपश्चिमबाट गरिमा शाह विजयी भएकी छन् । शाह नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्जसमेत हुन् ।


उनी सत्ता गठबन्धनबाट महिलातर्फकी उम्मेदवार थिइन् । शाह प्रदेशसभातर्फ १८७२ मतभार र स्थानीय तहतर्फ १९६२ मतभार पाएर निर्वाचित भएकी हुन् । उनको निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार सन्तोषकुमारी थापाले प्रदेशतर्फ ५७६ र स्थानीय तहतर्फ ११५२ मतभार प्राप्त गरेकी हुन ।

Sharing

प्रतिक्रिया दिनुहोस