• २०८३ जेष्ठ ३ गते आइतवार

कैँची प्रहार गर्ने १ जना व्यक्ति पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ ९, काठमाडौं । धारिलो हरियार कैँची प्रहार गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले कैँची प्रहार गर्ने जिल्ला मोरङ घर भई हाल सूर्य बिनायक भक्तपुर बस्ने वर्ष ३३ को बिनोद आचार्यलाई पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्र।उ। दिनेश राज मैनालीका अनुसार सिन्धुपाल्चोक चौतारा नगरपालिका (९ घर भई हाल काठमाण्डौ कामनपा ९ सिनामङ्गल बस्ने बर्ष २२ को केशव तिमल्सिनालाई धारिलो हरियार कैँचीले पेटको नाइटोको भागमा प्रहार गर्दा आन्द्रा निस्किएको अवस्थामा महानगरीय प्रहरी बृत्त गौशालाबाट खटिएको प्रहरी टोलीले फेला पारी उपचारका लागि काठमाण्डौ मेडिकल कलेज सिनामङ्गल पठाइएको हो । उनका अनुसार घाइतेको थप उपचारको लागि वीर अस्पताल पठाई उपचार भईरहेको र अवस्था बोल्न सक्ने रहेको छ ।

महानगरीय प्रहरी बृत्त गौशालावाट खटिएको प्रहरी टोलीले आचार्यलाई पक्राउ गरेको हो । घटनाको सम्बन्धमा प्रहरी बृत्त गौशालाबाट थप अनुसन्धान कार्य भईरहेको प्रहरी जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस