• २०८३ मङ्सिर ७ गते आइतवार

उपसभामुखमा श्रम संस्कृतिको दाबि

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत २१, काठमाडौं । हर्क साम्पाङले श्रम संस्कृति पार्टीले उपसभामुखमा उम्मेदवारी दिने घोषणा गरेका छन् । शनिबार सामाजिक सञ्जालमार्फत साम्पाङले संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको उपसभामुखमा पार्टीले उम्मेदवारी दिने बताएका हुन् ।

उनले लेखेका छन्, ‘सभामुख निर्विरोध चयन हुनु भएकोमा बधाइ दिइसक्यौँ अब उपसभामुख चयनको निर्वाचन हुँदैछ ! हामी महिला उम्मेद्वार खडा गर्दैछौँ ! हेरौँ नयाँले नयाँलाई भोटहाल्छ कि उही पुरानालाई ! ७ भोट आउँछ कि १८९ ?’

सभामुखमा रास्वपा उपसभापति डिपी अर्याल निर्बिरोध निर्वाचित भइसकेका छन् भने अब उपसभामुखमा संबिधान अनुसार फरक दलको महिला उम्मेदवार हुनु पर्ने संबैधानिक व्यवस्था रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस