माघ ५ रोल्पा ।आफ्नै श्रीमानको हत्या गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । प्रहरीले आफ्नै श्रीमान ४५ वर्षीय काले पुन मगरको ढुङ्गा प्रहार गरी हत्या गरेको अभियोगमा सुनछहरी गाउँपालिका ६ झिरवाङ वस्ने ४१ वर्षीया मिना पुन मगरलाई मंगलबार दिउँसो पक्राउ गरेको हो ।

मिनाले आफ्नै श्रीमानलाई ढुङ्गा प्रहार गरी हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी जेलवाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।