माघ ३, काठमाडौं । तारकेश्वर नगरपालिकाले भोलीदेखि कोभिड–१९ विरूद्धको पहिलो र दोस्रो मात्रा भ्याक्सीन लगाएकाहरुका लागि बुस्टर मात्रा लगाउने भएको छ । नगर स्वास्थ्य शाखा प्रमुख बिनोद कुमार शाहले आज एक विज्ञप्ति जारी गर्दै भोलीदेखि फ्रण्टलाईनमा खटिने र र्साजनिक सेवामा खटिने व्यक्तिहरुका लागि बुस्टरको मात्रा दिइने बताउनुभएको हो ।
नगरभित्रका चार ओटा स्वास्थ्य केन्द्रबाट बुस्टर मात्रा दिइनेछ । जसमा धर्मस्थलीस्थित ग्रामसेवा मा.वि., मनमैजु स्वास्थ्य चौकी, फुटुङ स्वास्थ्य चौकी र तानपा ११ को शहरि स्वास्थ्य केन्द्र रहेका छन । खोप बिहान १०ः३० देखि दिउँसो ३ः३० सम्म लगाइनेछ । खोप लगाउनका लागि पहिलो र दोस्रो मात्रा लगाएको कार्ड अनिवार्य लैजानुपर्नेछ ।
पहिलो चरणमा अग्रपंक्तिमा खटिएका खोप लगाउन पाउनेहरुमा स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीहरु, सुरक्षाकर्मी, एम्वुलेन्स चालक तथा फोहोर संकलन गर्ने कर्मीहरु, महिला स्वास्थ्य स्वयमसेविकाहरु, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिने कर्मचारीहरु, सार्वजनिक क्षेत्र जसमा सरकारी कार्यालयका कर्मचारीहरु, सामुदायिक सेवा प्रवाह गर्ने संघ संस्था, बैंकिङ क्षेत्रका कर्मचारीहरु, पत्रकार तथा सञ्चारकर्मीहरु, सार्वजनिक यातायातका चालक र सहचालकहरुमा खोप लगाइनेछ ।
सुचना