माघ २, सिरहा । प्रहरीले पेस्तोल सहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले गोलबजार नगरपालिका(६ डोहटिया टोल बस्ने २७ वर्षीय पंकज कुमार महतोलाई १ थान म्याग्जिन नभएको पेस्तोल सहित शनिबार राति प्रहरीले पक्राउ गरेको हो ।
महतोले आफ्नै घरमा हातहतियार लुकाई राखेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरीले घरमा लुकाई राखेको उक्त पेस्तोल सहित फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।