माघ २, धादिङ । रुबीभ्याली गाउँपालिका- १ मा बाटो खन्ने क्रममा पहिरो खस्दा डोजरसहित बेपत्ता भएकामध्ये एकजनाको शव भेटिएको छ। जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार डोजर सहचालक काभ्रेका १९ वर्षीय राजु तामाङको शव फेला परेको हो।

प्रहरीका अनुसार अन्य दुईजनाको अवस्था भने अज्ञात छ। पुस २९ गते बिहान साँढे ८ बजेतिर बाटो खन्ने क्रममा माथिबाट सुख्खा पहिरो खस्दा डोजरसहित तीनजना बेपत्ता भएका थिए।
बेपत्ताहरुको खोजि भइरहेको प्रहरीले बताएको छ।