• २०८३ बैशाख १९ गते शनिवार

एमाले चितवन जिल्ला अधिवेशन स्थगित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष २६, चितवन । नेकपा एमाले चितवनको जिल्ला अधिवेशन अनिश्चितकालका लागि स्थगित गरिएको छ । सोमबार जिल्ला अध्यक्ष पार्वती रावल र सचिव प्रकाश खनालले विज्ञप्ति जारी गर्दै अनिश्चितकालका लागि निर्वाचन कार्यक्रम स्थगित भएको जानकारी गराएका हुन् ।

सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुन नपाउनेगरी सीसीएमसीले सिफारिस गरेको साथै कार्यकर्ता र सर्वसाधारणमा कोरोनाको जोखिम बढेकाले अधिवेशन स्थगित गरिएको विज्ञप्तिमा जनाइएको छ ।

यसअघि सोमबार बन्दसत्र कार्यक्रम तोकिएको थियो । एमाले चितवनको अध्यक्षका लागि चार जना आकांक्षी देखिएका छन् । जसमा राम न्यौपाने, कमल पाठक, तेजेन्द्र खड्का र कृष्ण भुर्तेल छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस