• २०८३ जेष्ठ ८ गते शुक्रवार

ब्राजिलका राष्ट्रपति अस्पतालबाट डिस्चार्ज

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुस २२, ब्राजिल । आन्द्राको समस्याका कारण भर्ना भएको ४८ घण्टापछि ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारो बुधबार अस्पतालबाट डिस्चार्ज हुनुभएको छ।

“आज डिस्चार्ज भयो। सबैलाई धन्यवाद,” बोल्सोनारोले ट्विटरमा लेख्नु भएको छ ।६६ वर्षीय राष्ट्रपतिलाई सोमबार साओ पाउलोको अस्पतालमा भर्ना गरिएको थियो जहाँ उहाँको आन्द्रामा देखिएको आंशिक अवरोधको उपचार गरिएको थियो । सन् २०१८ सेप्टेम्बरमा चुनावी प्रचारका क्रममा पेटमा चक्कु प्रहार भएपछि बोल्सोनारोले हालसम्म चार पटक आन्द्राको शल्यक्रिया गरिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस