• २०८३ बैशाख ६ गते आइतवार

मोटरसाइकल चोरी गरेको अभियोगमा पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष २१, मोरङ । विराटनगर महानगरपालिका-७ मा पार्किङ गरी राखेको को.२८ प ६५४९ नम्बरको मोटरसाइकल चोरी गरेको अभियोगमा सुनसरी दुहवी नगरपालिका-५ बस्ने २० वर्षीय मनिष परियारलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

उक्त मोटरसाइकल पुस १४ गते दिउँसो चोरी भएको थियो । उनी उपर जिल्ला अदालत मोरङबाट चोरी कसूरमा ५ दिन म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस