पौष २०, काठमाडौं । नागरिक लगानी कोष र कर्मचारी सञ्चय कोषले नेपाल वायुसेवा निगम ९नेवानी० लाई दिएको ऋण उठाउन नसकेर अर्थमन्त्रालयलाई ऋण उठाइदिन आग्रह गरेका छन् । सोमबार अर्थमन्त्रालयलका राजस्व सचिव, नागरिक लगानी कोष र कर्मचारी सञ्चय कोष बीच छलफल भएको छ ।

सो छलफलमा राजस्वसचिव कृष्णिहरि पुष्करले हालको अवस्थामा सरकारले पैसा तिर्न नसक्ने जानकारी दिए । नागरिक लगानी कोष र कर्मचारी सञ्चय कोषलाई निगमको सम्पत्ति लिलाम गरी ऋण उठाउन अर्थमन्त्रालयले सुझाव दिएको छ ।
अर्थसचिव मधुकुमार मरासिनीले के गरेर ऋण उठाउने भन्ने विषयमा छलफल भएको बताए । सम्पत्ति लिलामी गरेर ऋण उठाउने विषयमा पन छलफल भएको उनको भनाइ छ ।
सरकारी संस्थानहरूले ऋण लिँदा नेपाल सरकार जमानी बस्छ । नेवानीले कर्मचारी सञ्चय कोषसँग ४ वर्षअघि वाइडवडी जहाजका लागि १२ अर्ब र ६ वर्षअघि १० अर्ब कर्जा लिएको थियो ।
नागरिक लगानी कोषसँग पनि १२ अर्ब वाइडबडी जहाज खरिदका लागि लोन लिएको थियो । विगत ३ वर्षदेखि सञ्चय कोष र नागरिक लगानी कोषले व्याज र किस्ता समेत पाएका छैनन् । छलफलमा गएका निगमका प्रतिनिधिले घाटा कायमै भएको अवस्थामा हाल व्याज र किस्ता तिर्नसक्ने अवस्था नभएको बताएका छन् ।