पुस १८, कैलाली । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले कोहीले पनि आफ्नो संस्कृतिलाई भुल्न नहुने बताउनुभएको छ ।बाजुरेली सेवा समाज धनगढीद्वारा आज धनगढीमा आयोजित भुवा पर्व तथा देउडा कार्यक्रमको उद्घाटन गर्दै प्रदेश प्रमुख जोशीले विकासको क्रममा जतिसुकै अघि बढे पनि आफ्नो मौलिक संस्कृतिलाई बिर्सन नहुने उल्लेख गर्नुभयो ।

“कुनै पनि देश र मानव समाजका निम्ति संस्कृतिको महत्वपूर्ण भूमिका हुन्छ”, उहाँले भन्नुभयो, “आफ्नोपनलाई बचाइ राख्न संस्कृतिको सधैँ जगेर्ना गरिराख्नु पर्छ । प्रदेश प्रमुख जोशीले भुवा पर्वका अवसरमा सबैमा शुभकामना व्यक्त गर्नुभएको छ ।