• २०८३ बैशाख १९ गते शनिवार

वन्यजन्तुको छालासहित पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष १५, काठमाडौं । काठमाण्डौको बसुन्धारा एरियामा केहि व्यक्तिहरुले अवैध रुपमा अति दूर्लभ बन्यजन्तु रेडपाण्डाको छालाको कारोबार गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले दुर्लभ वन्यजन्तु रेडपाण्डाको चार थान छालासहित चार जनालाई काठमाडौँको वसुन्धारास्थित द मयुर क्याफेबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौँ गोङ्गबु बस्ने धादिङ गङ्गा–जमुना गाउँपालिका–७ का ३९ वर्षीय नीरबहादुर घले, काठमाडौँ कलङ्की बस्ने सिन्धुपाल्चोक चौतारा साँगाचोकगढीका २५ वर्षीय सुरेश गिरी, काठमाडौँ टोखा बस्ने नुवाकोट शिवपुरी गाउँपालिका–४ का ३१ वर्षीय कृष्णबहादुर तामाङ र काठमाडौँ स्वयम्भू बस्ने ओखलढुङ्गा मानेभञ्ज्याङ गाउँपालिका–२ का २९ वर्षीय मोहनकर्ण कार्की रहेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस