• २०८३ बैशाख १४ गते सोमवार

क्यालिफोर्नियामा विमान दुर्घटनाः विमानमा सवार सबैको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष १४, क्यालिफोर्निया । क्यालिफोर्नियामा एउटा सानो विमान दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । एउटा व्यावसायिक जेट विमान क्यालिफोर्नियाको सान डिएगोनजिकै दुर्घटना भएको हो ।

दुर्घटनामा कोही पनि जीवित नभेटिएको उद्दारकर्ताहरुले बताएका छन् । तर, विमानमा कति जना यात्रु थिए भन्ने प्रष्ट खुलेको छैन् । दुर्घटनापछि विमानमा आगो लागेको थियो ।

अग्नि नियन्त्रकहरुले जलेका चार ओटा शव फेला पारेका छन् । विमान दुर्घटनामा नजिकैको एउटा घरमा सामान्य क्षति भएको छ । सान डिएगोबाट १५ माइल टाढा भएको सो दुर्घटना अमेरिकाको नेसनल ट्रान्सपोर्टेसन सेफ्टी बोर्ड (एनटीएसबी) ले अनुसन्धान गरिरहेको केन्द्रीय उड्यन प्रशासनले जनाएको छ ।

सान्ता एनाको जोन वायन विमानस्थलबाट उडेको लियरजेट ३५ विमान इल क्याजोनको जिलेस्पी फिल्ड विमानस्थलतर्फ उडेको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस