पौष १३, मुगु । मुगुका आगलागि पिडित लाई नगद आर्थिक सहयोग गरिएको छ । कर्मथलो स्पेनको आलबिरमा बसोबास गर्दै आएका छाँयानाथ रारा नगरपालिका १३ का समाजसेवि अक्कल बोहोराको अगुवाईमा मुगुका अग्नि पिडित लाई नगद आर्थिक सहयोग गरिएको हो ।

सोमवार जिल्ला प्रशासन कार्यालयको रोहबरमा अग्नि पिडित आर्थिक सहयोग गरिएको जनाएको छ । आगलागीबाट पूर्णरुपले क्षति भएका सदरमुकाम गमगढीको तल्लो बजारका १८ घरधुरीलाई आर्थिक सहयोग गरिएको छ । आगलागीबाट पूर्णरुपले क्षति भएका १८ घरलाई प्रतिघर २० हजारका दरले सहयोग गरिएको समाजसेवि अक्कल बोहोराले बताए ।
त्यस्तै २४ जना ब्यवसाय गरेर बसेकालाई प्रति घर ३ हजारका दरले र ३३ जना बहाल र अन्य ५ जना लाई १ हजारका दरले सहयोग नगद सहयोग गरिएको बोहोराले जानकारी दिए । प्रमुख जिल्ला अधिकारी रोम बहादुर महत , प्रहरी नायव उपरिक्षक शुवास हमाल द्धारा उक्त राहत वितरण गरिएको हो ।