• २०८३ बैशाख ७ गते सोमवार

अस्पताल बनाउन जग्गादान

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुस १२, रसुवा । पर्यटकीय क्षेत्र लाङ्टाङमा अस्पताल निर्माणका लागि स्थानीय बासिन्दाले जग्गादान गरेका छन् । मकवानपुर र हेटौँडामा सञ्चालित सिद्धस्थल रूरल कम्युनिटी अस्पतालले आफ्नो शाखाका रूपमा मुण्डु क्षेत्रमा अस्पताल सञ्चालन गर्ने प्रतिबद्धता जनाएपछि स्थानीयवासीले दुई रोपनी पाँच आना दुई दाम जग्गा निःशुल्क दिएका छन् ।

जग्गा दान गर्नेमा साविक लाङ्टाङ गाविस वडा नं २ हाल गोसाइँकुण्ड गाउँपालिका वडा नं ४ निवासी सोनामदोर्जे तामाङ, तेन्जेन स्याङ्बा र छिरिङदावा तामाङ रहेको स्थानीय समाजसेवी ढिण्डुप तामाङले जानकारी दिनुभयो ।दानबापत प्राप्त कित्ता नम्बर १८५ ,१९२ र १९५ को जग्गा रजिष्टे«शन पारित भई अस्पतालका नाउँमा जग्गाधनी प्रमाणपुर्जा बनाइएकोे मालपोत कार्यालयका प्रमुख गणेश श्रेष्ठले जानकारी दिनुभयो ।

रसुवा–नुवाकोट पर्यटन समाजका अध्यक्ष बलराम न्यौपानेको प्रस्तावमा मुण्डुमा अस्पताल निर्माण गर्न गृहकार्य अगाडि बढाइएको उक्त अस्पतालका सञ्चालक दामोदरप्रसाद गौतमले बताउनुभयो ।हाल अमेरिकामा बस्ने डा अवन गौतमको समेत सहयोग रहने उक्त अस्पताल आगामी २०८० सालभित्र सञ्चालनमा ल्याइने बताइन्छ । भवन निर्माणका लागि आर्किटेक इन्जिनियर अनिल शर्माले अस्पतालको नमूना तयार गर्दै हुनुहुन्छ ।

Sharing

प्रतिक्रिया दिनुहोस