पुष ११, काठमाडौं । नेकपा माओवादी केन्द्रको महाधिवेशनको उद्घाटन सुरु भएको छ। देशभरबाट माओवादीका नेता कार्यकर्ता, महाधिवेशन प्रतिनिधि काठमाडौंको प्रज्ञा प्रतिष्ठान कमलादीमा आइपुगेका छन्।

पाँच दिनसम्म सञ्चालन हुने महाधिवेशनमा १६ सय ३१ प्रतिनिधि छनोट गरिएको माओवादी केन्द्रले जनाएको छ। महाधिवेशनलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा पारिएको छ। अहिले महाधिवेशनस्थलमा कार्यकर्ता तथा नेताहरुको चहलपहल बढेको छ।
आइतबार बसेको केन्द्रीय समिति बैठकले विधान संशोधन गर्दै वरिष्ठ उपाध्यक्षसहित १५ जना पदाधिकारी निर्वाचित गर्ने निर्णय गरेको छ। विधानअनुसार पार्टीमा एकजना अध्यक्ष, एकजना वरिष्ठ उपाध्यक्ष, ६ जना उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक कोषाध्यक्ष रहनेछन।
महाधिवेशनले पार्टीको समग्र नयाँ नेतृत्व चयन गर्नेछ। पार्टीले २९९ सदस्यीय केन्द्रीय समिति रहने व्यवस्था गरेको छ।