• २०८३ बैशाख १८ गते शुक्रवार

हुन्डाई टक्सनमा काठमाडौं–कन्याकुमारी यात्रा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १८, काठमाडौं । हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले काठमाडौंदेखि कन्याकुमारीसम्म यात्रा गर्ने तीन यात्रुको बारेमा जानकारी दिएको छ । यस टोलीमा अटो इन्थुजियास्ट आवासिस ओझा, बैंकर विजय कसाजू र हाल अमेरिकामा बसोबास गर्दै आएका नीरज पोखरेल छन् ।

१३ दिने यात्रा मंसिर १७ गते सुरु भई मंसिर २९ काठमाडौंमा आएर सकिनेछ । यस अवधिमा करिब आठ हजार किलोमिटर दूरी पार गरिनेछ । जसमा दैनिक आठदेखि १९ घण्टासम्मको लामो यात्रा समावेश छ ।

यो यात्रामा हुन्डाई टक्सन प्रयोग भएको छ । जुन लामो दूरीको यात्रा क्षमता र आरामका लागि प्रसिद्ध एक प्रिमियम एसयूभी मानिन्छ ।

Sharing

प्रतिक्रिया दिनुहोस