• २०८३ मङ्सिर ६ गते शनिवार

अवैध लागूऔषध सहित पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष ७, काठमाडौं । मध्यपुर ठिमी नगरपालिका-४ नयाँठिमीस्थित सडकबाट करिब २ केजी अवैध लागूऔषध पोल्याण्ड सहित धादिङ गल्छी नगरपालिका-५ बैरेनी बस्ने ३६ वर्षीय भिम बहादुर तामाङलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रदेश ३-०२-०१४ प ७०१८ नम्बरको मोटरसाइकललाई महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार तामाङलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी कास्की, पोखरा महागनरपालिका-११ फूलबारी बस्ने तनहुँ शुक्लागण्डकी नगरपालिका-१० खैरेनीटार स्थायी घर भएकी ३० वर्षीया श्रीमाया विक भण्डारी र पोखरा महानगरपालिका-१ सिमपानी बस्ने ३७ वर्षीय बिर बहादुर तामाङलाई नियन्त्रित लागूऔषध सहित सोमबार प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुमध्ये भण्डारीलाई पोखरा महागनरपालिका-११ फूलबारीबाट नियन्त्रित लागूऔषध ६२ एम्पुल डाईजापाम, ६२ एम्पुल फेनारगन र ६२ एम्पुल नुर्फिन तथा तामाङलाई पोखरा महानगरपालिका-१ सिमपानीबाट नियन्त्रित लागूऔषध १७ एम्पुल डाईजापाम, १७ एम्पुल फेनारगन र १७ एम्पुल नुर्फिन सहित जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला अदालत कास्कीबाट भण्डारी उपर ५ दिन र तामाङ उपर ७ दिन म्याद थप अनुमति लिई अनुसन्धान प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस