पुष ७, काठमाडौं । प्रतिनिधिसभाको बैठक १८ पुससम्मका लागि स्थगित गरिएको छ । बुधबार बसेको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले १८ पुस आइतबार दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित गरेको जानकारी दिएका हुन् ।

बुधबारको बैठकले प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय पहिलो संशोधन० अध्यादेश २०७८, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ ९नियमन० अध्यादेश, २०७८, सामाजिक सुरक्षा पहिलो संशोधन अध्यादेश २०७८ र रेल्वे अध्यादेश २०७८ लाई बहुमतले स्वीकृत गरेको हो ।