पौष ६, नवलपरासी । पश्चिम नवलपरासी प्रहरीले अहिले फरार अभियुक्त लाई धमाधम खोजि गर्दै पक्राउ गर्न थालेको छ । विभिन्न मुद्दाका फरार अभियुक्त लाई खोजतलास गर्दै पक्राउ गर्न थालिएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रमुख (एसपि) मनोज कुमार यादवले जानकारी दिएको हो ।
प्रहरीले २०७८-८-२८गते देखि थालिएको अपरेसनबाट १ हप्तामा ५८जना लाई पक्राउ गर्न सफल भएको बताएका छन । बिभिन्न मितिमा फैसला भई कैद तथा जरिवाना तोकिई तत्काल सजाय भुक्तान गर्न बाँकी रहेका बाली विगो मुद्धाका ,कुटपिट मुद्धाका, लुटपिट मुद्धाका अंशवण्डा मुद्धाका , गाली बेईज्यती मुद्धाका , जाल साझी मुद्धाका ,वन मुद्धाका र लागुऔषध ओसारपसार मुद्दा लगायत विविध मुद्धाका अभियुत्त पक्रउ परेका छन ।