• २०८३ बैशाख २८ गते सोमवार

कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष ६, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले आज बिहान प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । आज दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्दै छ ।

बैठकअघि सभामुखले कार्यव्यवस्थाको बैठक बोलाएका हुन् । बिहान ११ः३० बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको शंकर हलमा कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने सभामुखको सचिवालयले जनाएको छ । बैठकमा संसद्को कार्यसूचीलगायत विषयमा छलफल हुने सभामुख सापकोटाका सञ्चारविज्ञ श्रीधर न्यौपानेले जानकारी दिए । सभामुखले आवश्यक ठानेको अवस्थामा कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने व्यवस्था छ ।

समितिमा सरकारका तर्फबाट कानुन, न्याय तथा संसदीय मालिमामन्त्री, प्रमुख प्रतिपक्षीसहित विभिन्न दलका प्रमुख सचेतकको सहभागिता रहन्छ । समितिमा बैठकको कार्यसूची, आगामी बैठकलगायत विषयमा छलफल हुनेछ ।

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को निरन्तरको अवरोधका कारण संसद्को काम–कारबाही प्रभावित हुँदै आएको छ । एमालेले आफूले कारबाही गरेका १४ सांसद पदमुक्त भएको सूचना टाँस नभएसम्म बैठक अवरुद्ध पार्ने जनाउँदै आएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस