• २०८३ साउन २८ गते बिहिवार

सदाबहार स्ट्रोंग र लजिकल कन्टेन्टले चम्किला हिमेश

पढ्न लाग्ने समय : २ मिनेट

माघ २०, काठमाडौं । प्रत्यक हप्ता कान्तिपुर टेलिभिजन बाट प्रसारण भैरहेको नेपालकै पहिलो चर्चित रियालिटी शो, “कमेडी च्याम्पिएन” ले लोकप्रियताको शिखर चडिरहेको छ। उक्त कमेडी च्याम्पियनका उपाधि दावेदारका रुपमा हेरिएका मध्ये एक हुन् हिमेश पन्त । क्लिन, राजनीतिक र समसामयिक जुन सुकै बिषयमा पनि निकै मेहनत / अध्यायन गरेर हसाउन सक्ने खुबी छ उनमा। कमेडी च्याम्पिएनको छनोट चरण देखि टप ६ सम्म आइपुग्दा हरेक बिषयबस्तुमा उत्कृष्ट प्रस्तुति दि सकेका छन जसलाई सबै उमेर समुहकाले मन पराइरहेका छन।

धादिङ्ग घर भै अस्कल क्याम्पसमा अध्यानरत हिमेश स्ट्याण्ड अप कमेडी मार्फत उदाएका हुन्। बलियो कन्टेन्ट, समसामयीक बिषयबस्तु अनि बिषयबस्तु माथिको न्याय , लजिकल कमेडी र बिषयबस्तु अनुसार पात्रमा आफुलाई ढालेर दिएको प्रस्तुतिले उनको लोकप्रियताको ग्राफ त उकालो लागेको छ नै, उपाधिको नजिक पनि पुर्याएको छ। हरेक एपिसोडमा नया बिषयबस्तुले समाजको बिकृति विसंगति बिरुद्द छेड हानेर प्रस्तुति दिन सक्ने र हसाउन सक्ने उनलाई लजिकल कमेडियनको उपमा समेत दिएको छ।
उनको फरक फरक कन्टेन्ट अनि पात्रमा आधारित सदाबहार अब्बल प्रस्तुति देखेर जजहरु पनि नतमस्तक हुन्छन। जजहरु मध्यका एक मनोज गजुरेलले उनको सदाबहार प्रस्तुतिलाई मध्यनजर गर्दै भनेका छन् “धादिंगे भन्या को हो थाहा छ तपाइलाइ ? धादिंगे भनेको एउटा झापाली,अर्को स्याङ्गजाली दुइटैलै एक ठाउमा मिलाएर धुलो पिठो बनार अर्को जुन थर्ड तयार हुन्छ त्यो धादिंगे हो” उनको यो भनाइ को सटिक अर्थ हुन्छ कि हिमेश प्रतिसप्रधि मध्ये उपाधिका सबैभन्दा बलिया दाबेदार हुन्।

पछिल्लो कमेडीयनहरुको खडेरी लाग्दै गरेको अबस्थमा कमेडी च्याम्पियन कमेडी शो हुनु र हिमेश पन्त जस्ता प्रतिभावान लजिकल कमेडीयन आउनु आफै मा सुखद पक्ष हो। यसर्थ हिमेश नेपालि कमेडी क्षेत्रका चम्किला नछेत्र र कमेडी च्याम्पियनको प्रमुख उपाधि दाबेदार हुन् भन्दा फरक नपर्ला।

Sharing

प्रतिक्रिया दिनुहोस