• २०८३ बैशाख २० गते आइतवार

२२० कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ८ लाख २५ हजार ९ सय ५४

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष ५,काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप २ सय २० जनामा कोरोना संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ८ लाख २५ हजार ९ सय ५४ जना पुगेको छ । आजसम्म सक्रिय संक्रमितको संख्या ५ हजार २ सय २५ जना रहेका छन ।

मन्त्रालयका अनुसार आज २ सय ६३ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ८ लाख ९ हजार १ सय ५५ जना रहेको छ । आज १ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ११ हजार ५ सय ७४ जना पुगेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस