• २०८३ बैशाख १३ गते आइतवार

मुगुमा निःशुल्क आँखा शिविर बाट १०६ जनाकाे शल्यक्रिया

खड्क सुनार पढ्न लाग्ने समय : २ मिनेट

वैशाख १२, मुगु । हिमाली जिल्ला मुगुमा निशुल्क आँखा शिविर सञ्चालनमा ८ सय भन्दा बढि बिरामिहरुले सेवा लिएका छन् । बैशाख ९ गते देखि ११ गते सम्म सञ्चालन भएको तीन दिने निशुल्क आँखा चेकजाँच तथा मोतिया बिन्दुमा ८ सय ५० जनाले आँखा चेक जाँच सेवा लिएका हुन् ।

दिन सम्म सञ्चालन भएको शिविरमा महिला ५४ , पुरुष ५२ गरेर १ सय ६ जनाको मोतिबिन्दु शल्यक्रिया सहित सम्पन्न गरिएको नेपाल नेत्र ज्योति संघ केन्द्रिय उपाध्यक्ष तिलक बहादुर मल्लले बताए । नेपाल नेत्रज्योति संघ हिमालय आँखा अस्पताल घारीपाटन पोखराको आयोजनामा रेडले आइ फाउन्डेसनको आर्थिक सहयोग र नेपाल नेत्र ज्योति संघ मुगुको जिल्ला आँखा उपचार केन्द्रको स्थानीय आयोजनामा छायाँनाथ रारा नगरपालिका वडा नं १ स्थित आँखा उपचार केन्द्रको कार्यालयमा तीन दिने निःशुल्क आँखा शिविर सञ्चालन भएको थियो ।

तीन दिन सम्म सञ्चालन भएको निशुल्क आँखा शिविरमा ४ सय ८९ महिला र ३ सय ६० पुरुषको साधारण चेकजाँच गरिएको नेपाल नेत्रज्योति सङ्घ विशेषज्ञ डाक्टर हरिविक्रम अधिकारीले बताए । उनका अनुसार मुलुकमा मोतीबिन्दुको समस्या पहिला भन्दा अहिले पछिल्लो समय केही अवस्था घट्दो क्रममा रहेको बताए । यस्ता आँखाका समस्या जुनसुकै उमेर समहुका मानिसमा पनि यो समस्या देखिन सक्छ तर, अधिकांशमा उमेर बढ्दै गएपछि मोतीबिन्दु हुने सम्भावना पनि बढ्दै गएको जानकारी दिए । सङ्घले देशभरका आँखा अस्पताल, आँखा उपचारका केन्द्र र विभिन्न आँखा शिविरहरू मार्फत हरेक जिल्लाका नागरिकहरूलाई आँखा उपचार सेवा प्रवाह गर्दै आइरहेको छ ।

शिविरको समापन कार्यक्रममा बोल्दै छायाँनाथ रारा नगरपालिकाका नगर प्रमुख विष्णु कुमार भामले भने विकट मुगुका नागरिकहरूमा आँखा समस्याबाट वर्षौंदेखि ग्रसित बिरामीहरू हरूलाई घर दैलोमा आएर निशुलक रुपमा शिविर सञ्चालन गरिदिएकोमा हिमालय आँखा अस्पताल लाई धन्यवाद व्यक्त गर्दै जिल्लामा रहेको आँखा उपचार केन्द्रलाई थप प्रभावकारी सेवा प्रदान गर्न कार्यालय लगायत बिरामिहरु धुँलो धुँवा बाट भोगेको सास्ती लाई मध्येनजर गर्दे कार्यालयको प्राङ्गगणमा आरसिसि निर्माण तथा अन्य भौतिक संरचना निर्माण गरिदिने प्रतिबद्धता जनाउनु भएको थियो ।

स्थानीय रेडियो लगायत सञ्चार माध्यमबाट निःशुल्क आँखा शिविर सञ्चालन हुने सूचना पाएकै भरमा यहाँका मानिसहरुले निशुल्क रुपमा आँखाको उपचार गरेर शल्यक्रिया गरेको स्थानीयले खुसि ब्यक्त गरेका छन् । तीन दिन सम्म सञ्चालन भएको निशुल्क आँखा शिविरमा आँखा सम्बन्धि समस्या भएका विरामिलाई २ सय ५० वटा चस्मा निःशुल्क वितरण समेत वितरण गरिएको नेपाल नेत्र ज्योति संघ मुगुका कार्यबहाक सभापति लोकजंग मल्लले बताए ।

Sharing

प्रतिक्रिया दिनुहोस