पौष ५, मुगु । हिमाली जिल्ला मुगुमा बलात्कार तथा यौन दुर्व्यवहारका घटनामा न्युन रहेका छन् । शनिवार आयोजनागरिएको नेपालमानवअधिकार वर्ष पुस्तक २०२२ कालागि र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मुगुले सार्वजनिक गरेको तथ्यांकअनुसारमुगुमा यौन दुब्र्यवहारका घटना न्युन घटेका हुन ।

ईन्सेक मुगुले सार्वजानिक गरेको तथ्यांकअनुसार मुगुमा गतवर्ष भन्दा यो वर्ष बलात्कारका घटना ४ वटा मात्र रहेको र गतवर्ष ११ वटा बलात्कार तथा यौन दुब्र्यवहारका घटना रहेको जनाईएको छ । ११ वटाबलात्कारका घटना नेपालमानवअधिकार वर्ष पुस्तक २०२१ मा संकलितगरिएको ईन्सेक नेपालमुगु प्रतिनिधिजीवन सेजुवालले बताए ।
उनकाअनुसार मुगुमा कुटपिट १, बालअधिकार २, महिला विरुद्ध सम्बन्धि ३ दुर्व्यवहार, ४ बलात्कार, बहुविवाह १, घरेलु हिंसा ४, स्वास्थ्यअधिकार १ र राजनितिकअधिकार १ वटा रहेको प्रतिनिधि सेजुवालले बताए ।
मानवअधिकार वर्ष पुस्तकको वार्षिक समीक्षाका कार्यक्रममा यस्ता घटनाहरुलाई सत्य, तथ्य, निक्ष्पक्ष हुनु पर्नेमा जोड दिएका छन् । जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी निरिक्षक जयसिंह धामिकाअनुसार मानवअधिकारको पुस्तक प्रभावकारी हुनेहुदा जिल्लामा संकलित घटना परि घटना जस्ता क्रियाकलापलाई पारदर्शिता गर्न सुझावदिए ।