पौष ४, बाँके । बाँके जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेमा प्रहरी निरिक्षक हिमालय शाह आउने भएका छन् । प्रहरी निरीक्षक शाह प्रधानमन्त्री शेरबहादुर देउवाका अङ्ग रक्षक हुन ।

यस अघिका ट्राफिक प्रमुख ऐन बहादुर मल्लको डिएसपीमा बढुवा भएपछी खाली रहदै आएको स्थानमा प्रहरी निरीक्षक शाह आउन लागेका हुन् । प्रमुख मल्ल डिएसपीमा बढुवा भएपछि एक महिनादेखि बाँके ट्राफिक प्रहरी कार्यालयको निमित्त प्रमुखको जिम्मा प्रहरी नायव निरीक्षक सिद्दी मान गणेश शाहले सम्हाल्दै आएका थिए ।