• २०८३ जेष्ठ ९ गते शनिवार

मलेसियामा नेपाली युवकको मृत्यु

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन ६, काठमाडौं । बैतडीका एक युवकको मलेसियामा मृत्यु भएको छ। बैतडी जिल्लाको दशरथचन्द नगरवपालिका–४ जर्गका ३० वर्षिय बिष्णु लोहारको मलेसियामा मृत्यु भएको हो।

शुक्रबार राति कोठामा सुतेका उनी शनिवार बिहान मृत फेला परेका थिए। आफन्तका अनुसार उनी मलेसियाको पेनाङ राज्यको जेसीवाइसी कम्पनीमा कार्यरत थिए। ६ वर्ष मलेसियामा काम गरेर घर आएका उनी यो वर्षको दशैँ मनाएर फेरी वैदेशिक रोजगारीका लागि मलेसिया गएका थिए।

उनको मृत्युको कारण खुल्न सकेको छैन्। बिष्णुको शव नेपाल ल्याउन अहिले पहल भइरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस