• २०८३ बैशाख १८ गते शुक्रवार

कांग्रेस महाधिवेशन : देउवाले गरे मतदान

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २७,काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि मतदान सुरु भएको छ । प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले मतदान गरिसकेको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

आज बिहान ८ बजेदेखि हुने भनिएको मतदान चार घण्टा ढिलो गरी मध्याह्न करिब सवा १२ बजेदेखि सुरु भएको हो । राष्ट्रिय सभागृहस्थित मतदान केन्द्रको बुथ ‘क’बाट मतदान सुरु भएको निर्वाचन समितिले जनाएको छ ।

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज बेलुका ५ बजेसम्म मतदानको समय निर्धारण गरिएको छ । तीनवटा केन्द्रमार्फत मतदानको व्यवस्था मिलाइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस