मङ्सिर २६, काठमाडौँ । युट्युब च्यानलमा अश्लील शीर्षक राखेर समाजमा अश्लीलता फैलाउने काम गरेको भन्दै प्रहरीको साइबर ब्युरोले एक जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार टेन्सन ब्रो’ नामक युट्युब च्यानलबाट विभिन्न सामाजिक सञ्जालमा अश्लील शीर्षकमा भिडियो राखेको आरोपमा कालीकोटको पताँला झरना गाउँपालिका घर भएका भरतबहादुर तिरुवालाई पक्राउ गरेको हो ।
पक्राउ परेका उनलाई काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीको साइबर ब्युरोले जनाएको छ ।
