• २०८३ जेष्ठ १७ गते आइतवार

अवैध रुपमा ल्याएको सुनसहित तीनजना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २६, काठमाडौं । अवैध रुपमा दुवईबाट काठमाडौं ल्याइएको सुनसहित तीनजना पक्राउ परेका छन् । नेपाल एयरलाइन्सको उडानद्वारा दुवईबाट काठमाडौं आएका भारतीय नागरिक सत्यम हुसेन सेजु अबुबाकरलाई अवैध रुपमा ल्याएको ९०५ ग्राम अर्धठोस सुनसहित प्रहरीले पक्राउ गरेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमन पार्किङ एरियामा उनको गतिविधि शंकास्पद देखिएपछि नियन्त्रणमा लिई परीक्षणको लागि काठमाडौं मेडिकल कलेज सिनामंगलतर्फ लैजानेक्रममा उनको मलद्वारबाट कालो रङको चिल्लो रबर जस्तो देखिने पदार्थले बेरेको अवस्थामा उक्त सुन फेला पारी उनलाई पक्राउ गरेको हो ।

प्रारम्भिक सोधपुछको क्रममा उक्त सुन ल्याउन भारतीय नागरिक आधार कार्ड नम्बर २२५७ ९१४१ १०९५ बाहक ३५ वर्षीय कादर इब्राहिमको संलग्नता रहेको खुल्न आएपछि उनलाई समेत प्रहरीले पक्राउ गरेको छ । जजिरा एयरको उडानद्वारा दुवईबाट कुवेत हुँदै काठमाडौं आएका भारतीय नागरिक राहदानी नम्बर जेड४८४३७३९ बाहक ५० वर्षीय सिराज मदापाट बापुट्टेलाई भन्सार छलेर अवैध रुपमा ल्याएको ३४९ ग्राम सुन जस्तो देखिने पहेंलो धातुसहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस