• २०८३ जेष्ठ ४ गते सोमवार

रोनाल्डोको पेनाल्टी गोलमा युनाइटेड विजयी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २६, काठमाडौं ।  इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार भएको खेलमा शीर्ष चारमा पर्न संघर्षरत रहेको म्यानचेस्टर युनाइटेडले नर्विचलाई पराजित गरेको छ। नर्विच सिटीलाई १-० ले पराजित गर्दा रोनाल्डोले दोस्रो हाफको अन्तिम समयमा गरेको पेनाल्टी निर्णायक बनेको हो।

खेल अवधिभर म्यानचेस्टर युनाइटेडले गोलका प्रयास गरे पनि ७५ औं मिनेटमा पेनाल्टीमार्फत मात्र अग्रता लिएको हो। नर्विचले पनि युनाइटेडमाथि दबाब बढाएको थियो। उसले ५ भन्दा बढी सट टार्गेटमा प्रहार गरेको थियो। बल पोसेसनमा युनाइटेड केही अब्बल रह्यो।

खेलपछि टोटेनह्याम र आर्सनललाई पछि पार्दै युनाइटेड पाँचौं स्थानमा उक्लिएको छ। उसले १६ खेलमा ८ जित ३ बराबरी र ५ हार भोगेको छ। युनाइटेडले पछिल्ला तीन खेलमा लगातार जित निकालेको छ।

त्यस्तै‚ आर्सनले साउथहेम्टनमाथि ३-० को जित निकाल्दै अघिल्ला लगातार दुई हारको श्रृंखला अन्त गरेको छ। आर्सनल २६ अंकका साथ छैटौं स्थानमा रहेको छ।

Sharing

प्रतिक्रिया दिनुहोस