• २०८३ जेष्ठ १९ गते मङ्गलवार

भरुवा बन्दुकसहित तीन जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २४, कैलाली । कैलालीमा सशस्त्र प्रहरीले भरुवा बन्दुक र गोलीसहित तीन जनालाई पक्राउ गरेको छ । आज बिहान भजनी नगरपालिका–७ को हिम्मतपुरमा हुलाकी सडकखण्डमा सशस्त्र प्रहरी सीमा सुरक्षा पोष्ट हिम्मतपुरबाट खटिएको टोलीले भरुवा बन्दुकसहित घोडाघोडी नगरपालिका-३ बस्ने अजय चौधरी, तुलसीराम चौधरी र दयाराम चौधरीलाई पक्राउ गरिएको हो ।

उनीहरु सवार से३प७७९२ र से २ प ९८७७ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा दुई नाले भरुवा बन्दुक, ७ राउण्ड गोली लगायतका घरेलु हतियार समेत बरामद गरिएको छ ।  बरामद गरिएको हतियार, मोटरसाइकलसहित आवश्यक अनुसन्धानका लागि पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय भजनीमा बुझाइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस