• २०८३ जेष्ठ २६ गते मङ्गलवार

फाइनलमा पुग्न राजस्थानलाई १७६ रनको लक्ष्य

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ११, काठमाडौं । हाइनरिक क्लासनको अर्धशतक प्रेरित सनराइजर्स हैदरावादले इन्डिन प्रिमियर लिग (आईपीएल)को फाइनलमा पुग्न राजस्थान रोयल्सलाई १७६ रनको लक्ष्य दिएको छ। टस हारेर पहिला ब्याटिङ थालेको हैदरावादले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १७५ रन बनाएको हो।

क्लासनले सर्वाधिक ५० रन बनाए। ३४ बल खेलेका उनले ४ चौका प्रहार गरे। राहुल त्रिपाठी ३७, ट्रैविस हेड ३४, शाहबाज अहमद १८ र अभिषेक शर्मा १२ रनमा आउट हुँदा प्याट कमिन्स ५ रनमा अविजित रहे।

राजस्थानका ट्रेन्ट बोल्ड र आवेश खानले ३/३ विकेट लिए। सन्दीप शर्माको नाममा २ विकेट रह्यो।

Sharing

प्रतिक्रिया दिनुहोस