• २०८३ असोज १४ गते बुधवार

सुनचाँदीको मुल्य बढ्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज १४, काठमाडौं ।  नेपाली बजारमा आज पनि सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको २८ सयले बढेर तोलाको २ लाख ९३ हजार ३ सयमा कारोबार भइरहेको छ । यसअघि मंगलबार सुन तोलाको २ लाख ९० हजार ५ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मुल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ३० रुपैयाँले बढेर ४४२५ मा कारोबार भइरहेको छ । यसअघि मंगलबार चाँदी तोलाको ४३९५ मा कारोबार भएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस