जेठ २३, दैलेख। २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । आठबिस नगरपालिका– ८ लामिछाने गाउँ बस्ने ४५ वर्षीय मनबहादुर बडुवाललाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
मन बहादुरले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी तिलेपाटाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।