• २०८३ बैशाख १७ गते बिहिवार

सभामुख अर्यालसँग दलित संघर्ष समितिका पदाधिकारीको भेटवार्ता

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख १७, काठमाडौं । सभामुख डोलप्रसाद अर्यालसँग संयुक्त राजनीतिक दलित संघर्ष समितिका पदाधिकारीहरूले भेटवार्ता गरेका छन्। भेटका क्रममा प्रतिनिधिमण्डलले सिन्धुलीको प्रहरी हिरासतमा रहेका श्रीकृष्ण विकको मृत्युबारे गम्भीर चासो व्यक्त गर्दै घटनाको निष्पक्ष र उचित छानबिन गर्न मागसहित ध्यानाकर्षण पत्र बुझाएको छ।

उक्त अवसरमा सभामुख अर्यालले घटनाप्रति संवेदनशीलता व्यक्त गर्दै सत्यतथ्य पत्ता लगाउन आवश्यक समन्वय र पहल गर्ने प्रतिबद्धता जनाएका छन्।

Sharing

प्रतिक्रिया दिनुहोस