• २०८३ बैशाख १९ गते शनिवार

नितिश कुमार १०औं पटक बने बिहारको मुख्यमन्त्री

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ४, काठमाडौं ।  नितिश कुमार १०औं पटक बिहारको मुख्यमन्त्री बनेका छन् । नितिश कुमारले आज पद तथा गोपनियताको शपथ लिएका हुन् । नितिश कुमार नेतृत्वको सरकारमा भाजपाका सम्राट चौधरी र विजय कुमार सिन्हाले उपमुख्यमन्त्रीको रूपमा शपथ लिएका छन् । त्यस्तै अन्य २४ मन्त्रीले पनि शपथ लिएका छन् ।

हालै सम्पन्न निर्वाचनमा एनडीए गठबन्धनले २४३ मध्ये २०२ सिट जितेको थियो ।

शपथ ग्रहण समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदी, भाजपा अध्यक्ष जे.पी. नड्डा, गृहमन्त्री अमित शाह, आन्ध्र प्रदेशका मुख्यमन्त्री चन्द्रबाबु नायडू र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलगायत प्रमुख नेताहरू उपस्थित थिए। गान्धी मैदानमा हजारौं मानिसहरू भेला भएका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस