• २०८३ असार १ गते सोमवार

महिला माथि हुने हिंसा विरुद्धमा दुर्गमका महिला सक्रिय

खड्क सुनार पढ्न लाग्ने समय : ३ मिनेट

चैत १६,मुगु ।  पछिल्लो समय कर्णाली सहित मुगु जिल्लाका दुर्गम क्षेत्रका महिलाहरू अहिले महिला माथि हुने हिंसा विरुद्ध सक्रिय रूपमा आवाज उठाउन थालेका छन् । शिक्षा, चेतना र सामूहिक पहलका कारण उनीहरू आफ्ना अधिकारप्रति सजग बन्दै गएका छन् । बिगतका वर्षहरुमा लाज, डर वा सामाजिक दबाबका कारण हिंसाका घटना लुकाइन्थ्यो भने अहिले महिलाहरू खुला रूपमा विरोध गर्न, न्याय खोज्न र अरूलाई पनि सचेत गराउन अग्रसर भईरहेकि छन् । विभिन्न महिला समूह, आमा समूह र स्थानीय संघ–संस्थाहरूले घरेलु हिंसा, बालविवाह, मानव बेचबिखन जस्ता समस्या विरुद्ध अभियान सेमीनार अन्तरक्रिया गोष्ठि महिला शसक्तिकरण जस्ता कार्यक्रम सञ्चालन गरिरहदा मुगुका महिलाहरु सक्रिय रहेको पाईएको छ ।

यसका साथै, दुर्गम भेगमा सञ्चालित तालिम, सचेतना कार्यक्रम र कानुनी जानकारीले महिलाहरूलाई अझ सशक्त बनाएको छ । उनीहरू आफैं मात्र नभई समुदायलाई पनि हिंसामुक्त बनाउन भूमिका खेलिरहेका छन् । यस्तो सक्रियताले समाजमा सकारात्मक परिवर्तन ल्याउँदै लैजाने विश्वास गरिएको छ । मुगुको सोरु गाउँपालिकामा रहेका महिला , दलित महिलाहरु पछिल्लो समय आप्नो हक अधिकार , हिंसा अन्याय विरुद्ध लड्न सक्रिय भएका छन् ।
सोरु गाउँपालिकाको तारापानी र सोरुकोटमा सञ्चालन भएको एक दिने महिला शसक्तिकरण कार्यक्रममा आफ्ना हक अधिकार , प्रयासित जस्ता विरुद्धमा एक ढिक्का भएर लड्ने महिलाहरुले बताएकि छन् । गाउँ घरमै महिला शसक्तिकरण कार्यक्रमहरु सञ्चालन हुदा अझै मजबुद र प्रभावकारी बन्ने अपेक्षा गरिएको छ । दुई दिन सम्म चलेको महिला शसक्तिकरण कार्यक्रममा दुर्गमका महिलाहरु लाई महिला नेतृत्वको उल्लेखनिय सहभागिता , प्रशासनिक तथा राज्य संयन्त्रमा पनि महिलाको पहुँच र नेतृत्व अनिवार्य हुनुपर्ने महिलाहरुले बताएकि छन् ।

कार्यक्रममा विभिन्न सीपमूलक तालिम, सचेतना अभिवृद्धि गतिविधि तथा नेतृत्व विकास सम्बन्धी सत्रहरू सञ्चालन गरिएको थियो । कार्यक्रममा सहभागी महिलाहरूलाई उद्यमशीलता विकास, वित्तीय साक्षरता, शिक्षा , स्वास्थ्य तथा सरसफाइ, र लैङ्गिक समानता सम्बन्धी ज्ञान प्रदान गरिएको थियो । साथै, उनीहरूलाई साना व्यवसाय सञ्चालन गर्न आवश्यक सीपहरू पनि सिकाइएको थियो ।

स्थानीय सरोकारवालाहरू तथा आयोजक संस्थाका प्रतिनिधिहरूले यस्ता कार्यक्रमहरूले महिलाहरूलाई आर्थिक तथा सामाजिक रूपमा सशक्त बनाउने विश्वास व्यक्त गरेका छन् । महिला अधिकार केन्द्र मुगुका अध्यक्ष सुकमाया शाहीका अनुसार यस्ता कार्यक्रमहरूलाई आगामी दिनहरूमा अझ विस्तार गरी थप दुर्गम क्षेत्रका महिलाहरूलाई लाभान्वित गर्ने योजना रहेको बताएकि छन् ।दुर्गम क्षेत्रका महिलाहरु लाई अझै पनि चुलो र चौकोमा सिमित रहेता पनि उनीहरु आफ्नो हक अधिकार लैंिगक हिंसा विरुद्ध लड्न अझै पछाडी रहेकाले यो महिला शसक्तिकरण कार्यक्रमले उनीहरुको अधिकारमा थप टेवा पुग्ने अपेक्षा गर्नु भएको छ । कार्यक्रमको प्रशिक्षण , प्रशिक्षक ककेश शाही र सहजीकरण पत्रकार खड्क सुनारले गर्नु भएको थियो । उक्त कार्यक्रममा सोरु गाउपालिकाका १ नं वडा देखि ११ वडाका महिलाहरुले प्रतिनिधित्व गर्दे सहभागिता रहेको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस