• २०८३ जेष्ठ ७ गते बिहिवार

‘दलित पञ्चैबाजा समूह’ ले बनायो दुईकोठे बाजाघर

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ १६, म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–७ बिममा नौमती बाजाघर निर्माण कार्य सम्पन्न भएको छ । मालिका गाउँपालिकाको आर्थिक सहयोगमा स्थानीय ‘दलित पञ्चैबाजा समूह’ ले दुईकोठे बाजाघर निर्माण गरेको हो । भवन निर्माणका लागि मालिका गाउँपालिकाले ५ लाख र वडा नं. ७ ले ३ लाख सहयोग गरेको उक्त वडाका अध्यक्ष टक बहादुर पुनले जानकारी दिएका छन् ।

बाँकी नपुगेको रकम भने समूहले आफै संकलन गरेको पनि उनको भनाई छ । भवन २०७७ सालका पहिरोपीडितका लागि बिम–मालिका सङ्घको सहयोगमा खरिद गरिएको एकीकृत बस्तीको जग्गामा निर्माण गरिएको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस