कात्तिक १२, काठमाडौं । प्राकृतिक विपद्का कारण देशका दुई मुख्य सडक खण्डहरूमा यातायात आवागमन प्रभावित भएको छ । नेपाल प्रहरीले आज बिहान ७ बजेसम्मको विवरण अनुसार गण्डकी र कर्णाली प्रदेशका सडकहरू बाढी तथा पहिरोका कारण अवरुद्ध भएका हुन् ।

गोरखा जिल्लाको आरुघाट गाउँपालिका वडा न. २, ३ तथा सोही गाउँपालिकाको वडा नं. ९ नयाँपुलस्थित सोतीदेखि मान्बु जाने पुल बाढीका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ ।
यसैगरी कर्णाली प्रदेश अन्तर्गत सुर्खेत जिल्लाको बराहताल गाउँपालिका वडा नं. ७ औलिसेमा गएको पहिरोका कारण प्रभावित राजमार्ग हाल एकतर्फी रूपमा सुचारुमा रहेको छ ।
