• २०८३ साउन १३ गते बुधवार

२४ घण्टामा देशभर सवारी दुर्घटनामा २ को मृत्यु, १२८ जना घाइते

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन १३, काठमाडौं । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने १२८ जना घाइते भएका छन् । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा कर्णाली र मधेश प्रदेशमा एक एक जनाको मृत्यु भएको छ ।

त्यस्तै देशभर भएका दुर्घटनामा १२८ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा २२ जना घाइते भएका छन् भने काठमाडौँ उपत्यकामा १२ जना घाइते भएका छन् । त्यस्तै कोशीमा १८ जना, बागमतीमा १० जना घाइते भएका छन् भने लुम्बिनीमा ४२ जना, सुदूरपश्चिममा ७ जना र कर्णालीमा १७ घाइते भएका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस