• २०८३ असोज २७ गते मङ्गलवार

बजेट: ३१ निकाय खारेज र १८ निकायको पुनसंरचना बाट २० अर्ब बचत हुने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ १५, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले ३१ निकाय खारेज गर्ने घोषणा गरेका छन् । बजेट भाषणमा अर्थमन्त्री डा. वाग्लेले सरकारी संरचना चुस्त बन्ने, दरबन्दी कटौती गरिने र ३१ निकाय खारेज हुने तथा १८ निकायको पुनर्संरचना हुने घोषणा गरेका हुन् ।

उनले अनावश्यक संरचना र निकाय खारेजबाट २० अर्ब बचत हुने बताएका छन् ।

अर्थमन्त्री डा. वाग्लेले संसदको संयुक्त बैठकमा आगामी आर्थिक बर्षको आय र व्ययको विवरण (बजेट) प्रस्तुत गरिरहेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस