• २०८३ जेष्ठ १५ गते शुक्रवार

सुन तोलाको ५६ सयले बढ्यो, चाँदीमा पनि वृद्धि

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ १५, काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार सुनको मुल्य तोलाको ५६ सयले बढेर तोलाको २ लाख ९० हजार ६ सयमा कारोबार भइरहेको छ ।

यसअघि विहिबार सुन तोलाको २ लाख ८५ हजारमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मुल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १७५ रुपैयाँले बढेर ५०४० मा कारोबार भइरहेको छ । यसअघि विहिबार चाँदी तोलाको ४८६५ मा कारोबार भएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस