• २०८३ बैशाख ४ गते शुक्रवार

बालेन सरकारप्रति आश्वस्त हुन सकेन शेयर बजार, ७१ अंकले घट्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत १५, काठमाडौं । नेप्सेमा आज ठुलो गिरावट आएको छ । आज आइतबार नेप्से ७१.०५ अंकले घटेर २८७९.११ विन्दुमा पुगेर रोकिएको छ । बालेन शाहको नेतृत्वमा सरकार बनेपछिको पहिलो कारोबारमा ठुलो गिरावट आएसँगै लगानीकर्ता नयाँ सरकारको स्थिर नीतिप्रति आश्वस्त हुन नसकेको देखिएको छ ।

आज ३३३ कम्पनिका ३ करोड ५२ लाख ४८ हजार ३९७ कित्ता शेयर १५ अर्ब ३ करोड ३३ लाख १० हजार ८६७ मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।

आज, रिलायन्स स्मिनिंग मिल्स, सुपर खुदी हाइड्रो र रिज इनर्जीको शेयरमा सकारात्मक सर्किट लागेको छ भने सुर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको ९.९९ र भुजुङ हाइड्रोको शेयर ९.९८ प्रतिशतले बढेको छ ।

त्यस्तै आज सबैभन्दा बढी युनिक नेपाल लघुवित्तको शेयर ६.१७ प्रतिशतले घटेको छ ।

त्यस्तै आज सबै भन्दा बढी रिढी हाइड्रोको ७१ करोड ११ लाख बराबरको कारोबार भएको छ भने एनगाडी ग्रुपको शेयर ५२ करोड २८ लाख बराबरको कारोबार भएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस