• २०८३ कार्तिक १२ गते बुधवार

प्रधान सेनापतिद्वारा दज्र्यानी चिन्ह प्रदान

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक ११, काठमाडौं । प्रधान सेनापति अशोकराज सिग्देलले उपरथी दर्जामा पदोन्नति हुनुभएका पूर्णबहादुर खत्रीलाई दज्र्यानी चिन्ह प्रदान गर्नुभएको छ ।

जङ्गी अड्डामा आज आयोजित कार्यक्रममा प्रधान सेनापति सिग्देलले महासेनानी दर्जामा पदोन्नति हुनुभएका तीन जना प्रमुख सेनानीलाई समेत दज्र्यानी चिन्ह प्रदान गर्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस