• २०८३ भाद्र ९ गते मङ्गलवार

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ९९३ जनालाई कारबाही

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ९, काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ९९३ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ । मंगलबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ७०, सिसिटिभिमार्फत ६६, रातोबत्तीमा ७१ जना चालकलाई कारबाही गरिएको छ ।

यसैगरी, तीव्रगतिमा ११८, हर्न निषेधमा ४१, लेन क्रसमा ३०, अवस्था ठिक नभएको ३९, एकतर्फीमा १० र अन्यमा ५४८ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

May be an image of text that says 'काठमाण्डौ उपत्यकाको दैनिक ट्राफिक कारवाही विवरण मिति २०८३०५०९ गते बिहान ६:०० बजे सम्म मा.प.से. सिसिटिमी ७० RED लाईट ६६ तिরर गति ७१ हर्न लेन ११८ ४१ अवस्था ठिক नमए्को ३९ ONE WAY अन्य १० ර २४ घण्टे कारवाही संख्या ९९३ Kathmandu Valley Traffic Police Office Ramshahpath, Kathmandu COЛ 103 (Emergency) vtpo@nepalpolice.gov.np f facebook facebook.com/ktmtraffic @valleytraffic traffic.nepalpolice.gov.np'

Sharing

प्रतिक्रिया दिनुहोस