वैशाख १५, मुगु । नेपाली सेनाले प्रत्येक वर्ष आयोजना गर्दै आएको ‘रारा ट्रेल रन’ प्रतियोगिता यस वर्ष बैशाख ३० गते सञ्चालन हुने भएको छ । रारा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको हनुमान ध्वज गुल्मको आयोजनामा हुन लागेको रारा ट्रेल रनमा सम्पुर्ण तयारी तिव्र हुदै गएको जानकारी गराएको हो । मंगलवार जिल्ला प्रशासन कार्यालयमा आयोजित पत्रकार सम्मेलन कार्यक्रममा हनुमान ध्वज गुल्मले प्रतियोगिताको तयारीबारे जानकारी गराउँदै छैटौं संस्करणको ट्रेल रन वैशाख ३० गते बिहान ९ बजेदेखि सुरु हुने जनाएको हो ।

कर्णाली प्रदेशको प्राकृतिक तथा भौगोलिक बिशेषतालाई खेलकुद गतिविधि सँगै हातेमालो गर्दे मुगु जिल्लाका स्थानीय बासिन्दा तथा नेपालका विभिन्न क्षेत्रका युवाहरुमा प्रतिस्प्रर्धात्मक भावना र स्वस्थ जीवनशैलीको विकास तथा राष्ट्यि एकताको भावना जागृत गर्ने साथै रारा क्षेत्रको पर्यटन प्रवद्धन गर्ने उद्देश्यले छैटौ रारा ट्रेल रन २०२६ प्रतियोगिता आयोजना गर्न लागिएको हनुमान ध्वज गुल्मका गुल्मपति सेनानी खड्गबहादुर श्रेष्ठले जानकारी दिनु भयाे। यसले स्थानीय समुदाय , नागरिक र नेपाली सेना बीचको सम्बन्धलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ । यस आयोजना मार्फत ̋एकताको लागि बाटो, संरक्षणको लागि बाटोको सन्देश पनि प्रवाह रहने बताइएको छ । दौड प्रतियोगिता राराताल वरिपरि १६ किलोमिटर दूरीमा सञ्चालन गरिनेछ । यस प्रतियोगितामा १८ देखि ४५ वर्ष उमेर समूहका ६ सय जना पुरुष र ६० जना सम्म महिला सहभागी हुने सेनानी श्रेष्ठको भनाई छ । साथै १० देखि ६० वर्ष उमेर समूहका लागि ५ किलोमिटर ‘रन फर फन’ ईभेन्ट प्रतियोगिता पनि आयोजना गरिने छ ।
नाम दर्ता वैशाख १० देखि ३० गतेसम्म हनुमान ध्वज गुल्म, हुटुमा गरिनेछ भने सहभागीहरूको स्वास्थ्य परीक्षण वैशाख २९ र ३० गते बिहानसम्म सञ्चालन गरिनेछ । कार्यक्रमका अवसरमा नेपाली सेनाले फोटो प्रदर्शनी, खुकुरी नृत्य तथा राष्ट्यि लोक तथा दोहोरी गित प्रतिस्ठान जिल्ला कार्य समिति मुगु सँग समन्वय गरेर स्थानीय संस्कृति झल्काउने विविध सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गर्ने हनुमान ध्वज गुल्मका सेनानी श्रेष्ठले अवगत गराउनु भयो ।
प्रतियोगिताको प्रायोजन पिएलओ, एलिभेट इनर्जी, छायाँनाथ रारा नगरपालिका, मुगुम कार्मारोङ गाउँपालिका तथा कार्की एग्रोफार्मले गरेका छन्।
प्रतियोगितामा सहभागी हुन आउने खेलाडीहरूको एक रातको बसोबास र खानपानको व्यवस्था प्रवन्ध मिलाईएको जानकारी दिनु भयाे । प्रतियोगितामा प्रथम हुनेले ५० हजार, द्वितीयले ३० हजार र तृतीयले २० हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्राप्त गर्ने हनुमान ध्वज गुल्म मुगुले जनाएको छ ।