जेठ ३०,रोल्पा । विश्व कोरोना संक्रमणबाट आक्रान्त परीरहेको बेला गरिव,जेहेन्दार,अपाङ्ग,आफ्ना नागरिकलाई थबाङ गाउँपालिकाले राहात वितरण गर्न सुरु गरेको छ । थबाङ गाउँपालिका वडा नं ५ ठुलोगाउ उवाले आजबाट आफ्नो वडामा रहेका नागरीकहरुलाई राहात सामाग्री वितरण मापदण्ड अनुसार २३ घर परिवारलाई खाद्यान्न वितरण गरिएको थबाङ गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष गोवद्धन घर्ती मगरले बताउनु भयो ।

हामी वडाको टीमले छलफल परामर्श गरेर राहात वितरणको लागी कस-कसलाई वितरण गर्ने भन्नेमा छलफल गरेर लिस्ट तयार गरेर राहात वितरणको लागी परिवारहरुको नाम सुची गाउँपालिकामा पठाए अनुसार गाउँपालिकले राहात वडा पठाएको थियो । हामी वडाका वडा सदस्य,कर्मचारी , प्रहरी,स्वास्थ्यकर्मी ,युवाहरुको समुह सवै मिलेर आज नागरीकलाई राहात सामाग्री वितरण मापदण्ड अनुसार खाद्यान्न वितरण गरेका छौ वडा अध्यक्ष घर्तीले भन्नु भयो ।
वडामा बसोवास गर्ने नगारीकहरु मध्येका २३ घरपरिवारलाई राहात वितरण गरेका वडा सचिव सुमन पुन मगरले बताउनु भएको छ । परिवार सख्याको आधारमा हामीले एक देखी दुई जनाको परिवारलाई प्रतिपरिवार २१ किलो चामल, ४ किलो दाल, १ लिटर तेल र १ किलो नुनका दरले वितरण गरिएको वडा सचिव पुनले बताउनु भयो ।
३ जना देखी ५ जना सम्मको परिवारलाइ ३० किलो चामल, ४ किलो दाल, १ लिटर तेल र १ किलो नुन र ६ जना भन्दा बढी परिवार संख्या भएका परिवारलाई ३७ किलो ५०० ग्राम चामल, ४ किलो दाल, १ लिटर तेल र १ किलो नुनका दरले करिव ७०० किलो चामल , ९२ किलो दाल, २३ लिटर तेल र २३ किलो नुन वितरण गरिएको वडा सचिव पुनले बताउनु भयो ।