• २०८३ जेष्ठ २ गते शनिवार

मध्यपूर्वमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन बालेन्द्र शाहको आग्रह

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १६, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहले मध्यपूर्वी एसियाका विभिन्न देशमा बसोबास गरिरहेका नेपाली नागरिकहरूलाई वर्तमान असामान्य परिस्थितिलाई ध्यानमा राख्दै उच्च सतर्कता अपनाउन आग्रह गरेका छ्न । शाहले सामाजिक सञ्जालमार्फत एक सन्देश जारी गर्दै त्यहाँस्थित नेपालीहरूलाई सुरक्षित रहन र आधिकारिक निकायको निर्देशन पालना गर्न अनुरोध गरेका हुन् ।

उनले सम्बन्धित देशहरूमा रहेका नेपाली राजदूतावासहरूले जारी गरेका सूचनालाई गम्भीरतापूर्वक लिन आग्रह गर्दै सकेसम्म घरभित्रै सुरक्षित रहन, स्थानीय सुरक्षा निकायका निर्देशनहरू पूर्ण रूपमा पालना गर्न र अत्यावश्यक अवस्था बाहेक यात्रा नगर्न सुझाव दिएका छ्न ।

शाहले आफ्नो सन्देशमा नजिकैको सुरक्षित आश्रयस्थलको जानकारी राख्न तथा आवश्यक पर्दा तुरुन्तै राजदूतावाससँग सम्पर्कमा रहन पनि आग्रह गरेका छन् । उनले भनेका छन्- ‘आधिकारिक सूचना, समाचार तथा राजदूतावाससँग नियमित सम्पर्कमा रहनुहोस्। सुरक्षित रहनुहोस्, सजग रहनुहोस् ।’

Sharing

प्रतिक्रिया दिनुहोस